News

महाविपत्तिमा सीमा र सुरक्षामा सुरक्षाकर्मी अभाव, सयौं सुरक्षाकर्मी भीआईपीकै घरमा

कोरोना भाइरसको महाविपत्तिका कारण जनताले लगातार असुरक्षा महसुस गरिरहेका छन् । सुरक्षाकर्मीको अभावमा सीमा नाकासमेत कडिकडाउ हुन सकेको छैन । तर जनताको सुरक्षा र सीमा नाकामा खटाउनु पर्ने सयौं सुरक्षाकर्मी अझै पनि कार्यविधिविपरीत भीआईपीको घर र आवासकै सुरक्षामा खटिइरहेका छन् ।

प्रायः सबै पूर्व प्रधानमन्त्री र मन्त्रीहरु कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मीहरु आफ्नो आवासमा राख्दै आइरहेको भएपनि फिर्ता गर्न सरकारले कुनै चासो राखेको छैन । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

फेरि अर्का पूर्व गोरखा सैनिकको कोरोनाका कारण निधन ::

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।

Related Articles

Back to top button
Close