Thoughts

बिहानै शंख बजाउँदा हुने ११ फाइदा

हिन्दुधर्ममा शंख वा शंखध्वनीको निकै धेरै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ । तर शंख किन बजाइन्छ ? र यसको फाइदा के होला ? यसबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये शंख एक थियो ।

सोहि बेलाबाट हिन्दु धर्ममा शंखको खास महत्व रहन गएको हो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने मान्यता रहेको छ ।अरु के के छन् त शंख राख्नु र बजाउनुको फाइदा :

  • १. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभफलदायक हुन्छ ।
  • २. शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।
  • ३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।
  • ४. दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।
  • ५. शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।

 

  • ६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।
  • ७. वास्तु अनुसार शंखमा घरमा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति हुन्छ ।’
  • ८. कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।
  • ९. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्छ ।
  • १०. शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।
  • ११. शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर कपाल धोएमा बलियो, मुलायम र बाक्लो हुन्छ ।

Related Articles

Back to top button
Close