Religious

‘लकडाउन’मा पाशुपत क्षेत्र : गेटबाटै ढोगेर फर्किन्छन् भक्तजन

काठमाडौं – विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) संक्र`मणको जोखिम कम गराउन सरकारले देशव्यापी रुपमै ‘लकडाउन’को आदेश जारी गरेको छ ।‘लकडाउन’को आदेश जारी गरेसँगै अहिले देशभरका मठ – मन्दिर प्रायः सुनसान छन् । दैनिकजसो नि`त्यपूजा साथै आरती पूजा र दर्शना`र्थीको भीड ला`ग्ने काठमाडौं स्थित पशुपतिनाथ मन्दिर ‘लकडाउन’सँगै सुनसान बन्दै गएको छ ।

तर कतिपय व्यक्तिहरु, जो भगवानप्रति आस्था राख्दछन्, ती व्यक्तिहरु अहिले पनि मन्दिर जान छोडेका छैनन् । उनीहरु दर्शनका लागि पशुपतिनाथ प्रवेश गर्ने र मन्दिरको प्रा`ङगण बाहिरको गेटबाटै ढोगेर फर्किरहेको अवस्था छ । मन्दिर दर्शनका लागि भक्तजनको उपस्थिती नहोस् भनेर केही दिनअघि नै पशुपति क्षेत्र विकास कोषले सार्वजनिक रुपमै सूचनासमेत जारी गरेको थियो । सरकारले २५ जनाभन्दा बढी मानिसहरु भेला नहुनआग्रह गरेसँगै कोषले दैनिक रुपमा साँझ हुने आरती समेत स्थगित गरिसकेको थियो ।

तर सोमवार सरकारले ‘लकडाउन’ नै घोषणा गरेपछि कोषले सरकारको घोषणा अनुरुप कार्य गरिरहेको जनाएको छ । यससँगै अहिले पशुपति परिसरमा मानिसहरुको आवगमन छ कि छैन भ`न्नेबारे कडा निगरानी भइरहेको कोषका सूचना अधिकारी प्रेमहरि ढुं`गानाले जानकारी दिए ।उनकाअनुसार ‘लकडाउन’को समयमा पनि नियमित रुपमा गरिने नित्य पूजा भने चलिरहेको छ ।‘नित्य पूजाका क्रममा सहभागी हुने भक्तजनलाई प्रवेश निषेध गराइएको छ,’ उनले भने, ‘पूजा गर्ने व्यक्तिहरु मात्र प्रवेश गरिरहेका छन् ।’

प्रवक्ता ढुंगानाकाअनुसार अहिले मूल भट्ट, भट्ट र भण्डारी बसेर नित्यपूजा गरिरहेका छन् ।‘३ जना भट्ट र ३ जना भण्डारी गरी ६ जना हुनुहुन्छ’ ढुंगानाले भने, ‘त्यसबाहेक ब्रह्माण र नित्यपूजाका लागि सहयोग गर्ने कर्मचारी सहभागि हुन्छन् ।’कोरोना भाइरसको संक्रमणको त्रास जबदेखि फैलियो तबदेखि नै पशुपति क्षेत्र परिसरमा हात धुने व्यवस्था समेत मिलाइएको र ठाउँठाउँमा सेनिटाइजरको पनि व्यवस्था गरिएको उनले बताए ।

Related Articles

Back to top button
Close