News

कोरोनासंगै नेपालमा अर्को रोग फैलिने खतरा बढ्दै, सतर्क रहन विज्ञले दिए यस्तो सुझाव !

वि`श्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र निय`न्त्रणसँगै नेपालले गर्मी याममा वर्षेनी फैलिने रोगको रोकथाम र निय`न्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने विज्ञले सुझाव दिनुभएको छ । नेपालमा पनि कोरोना भाइरसको सङ्क्र`मण देखिएको सन्दर्भमा खानेपानी तथा सरसफाइको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रालिले सरोकारवाला विज्ञसँग आज भिडियो कन्फरेन्स गरेको थियो ।

भिडियो कन्फरेन्समा सहभागी वि`ज्ञले कोरोना भाइरसको सङ्क्र`मणबाट बच्नका लागि सामाजिक दूरीसँगै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको र यसका लागि पर्याप्त सुरक्षित पानीको उपल`ब्धता सुनि`श्चित हुनुपर्नेमा जोड दिनुभएको थियो । सहभागी नेपाल सरकारका पूर्व`सचिव इञ्जि`नीयर सुमन शर्माले वि`श्वमा महमारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोक`थाम र उपचारका लागि युद्ध`स्तरमा लाग्नुपर्ने बताउँदै गर्मी याममा हरेक वर्ष देखिने विभि`न्न सङ्क्रा`त्मक रोगको निय`न्त्रण र उपचारमा पनि उत्तिकै तयारी गर्न सुझाव दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले हाल बनाइका क्वारेन्टाइनमा बस्ने`हरुका लागि आधारभूत पूर्वाधार र सुविधा नदेखिएको भन्दै सफा शौचालय, साबुन, पर्याप्त गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्ने बताउनुभयो । साथै उहाँले बजारमा गुणस्तर नभएका स्यानिटाइजर पनि देखिएकाले यसबारेमा अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो ।खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई साबुन वा स्यानिटाइजरले हात धोएर नि`स्क्रिय पार्न सकिने भएकाले यसको निय`न्त्रणमा खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत जन`शक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताउनुभयो । उहाँले आम जनतालाई गुणस्तरीय पानी उप`लब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

स्मा`र्ट वास सोलुसन्स प्रालिका अ`ध्यक्ष रामदीप साहले स्वास्थ्य र सरसफाइका लागि स्वच्छ र सुर`क्षित पानी आवश्यक भएको बताउदै खानेपानी आपूर्तिका लागि धारा का-टिएको भए जोड्न पर्ने, विप`न्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने लगायत सुझाव दिनुभयो । वाटर एडका अनिल थमनले कोरोना भाइरसको सङ्क्र`मणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले आफूहरुले स्वचालित हात धुने केन्द्र सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । पूर्वमन्त्री दीपक ज्ञवालीले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाका बीचमा सार्वजनिक बहस गर्ने मञ्चको अभाव खड्किएको बताउनुभयो । अर्का पूर्वमन्त्री इञ्जिनीयर गणेश साहले सञ्चा`लन गर्नुभएको सो कार्यक्रममा खानेपानी तथा सरसफाइको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता, सञ्चा`रकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता थियो ।

Related Articles

Back to top button
Close