Corona (COVID-19) UpdatesNews

लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यम`न्त्रीबीच आज कोरोना भाइरस रोकथाम र निय`न्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारतमा सङ्क्र`मण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।”उहाँले सरकारभन्दा भिन्न कुनै सं`यन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्व`यंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गर्नुभयो ।

उहाँले स्व`यंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताउनुभयो । लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उहाँले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिनुभयो । उहाँले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध गर्नुभयो । उहाँले कोरोना सङ्क्र`मणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मा`र्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनुभयो ।
करिब ४ घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस निय`न्त्रण, रोकथाम र उपचारको क्र`ममा गरिएका पहल र स्थितिबारे जानकारी गराउनु`भएको थियो ।

Related Articles

Back to top button
Close