International News

कोरोना भाइरसपछि चीनको हातमा गइरहेको छ विश्वको नेतृत्व ?

स्पेन कोरोना भाइरसबाट नराम्ररी प्रभावित देशमध्ये एक हो । खासगरी स्पेनका ती क्षेत्रमा जहाँ कोरोना संक्र`मणका धेरै मामिला प्रकाशमा आएको छ, त्यहाँ स्पेनलाई मेडिकल सं`शाधन र उपकरणहरुको अति आवश्यक छ । तर, स्पेनलाई आवश्यक यी मेडिकल सं`शाधन जुटाउने प्रयासमा टर्की सरकारसँगको खराब सम्बन्ध अवरोध बन्यो । परिणामस्वरुप स्पेनका तीन हेल्थ ट्रस्टले खरिद गरेका सयौँ थान भेन्टिलेर ल्याउँदै गरेको जहाज टर्की सरकारले आफ्नो कब्जामा लियो ।

स्पेनका मिडियाले त्यहाँको सरकारलाई उद्धृत गर्दै टर्कीको उक्त कार्यलाई ‘चो`री’ सं`ज्ञा दिए । लगभग एक हप्तासम्मको तनावपछि आखिर आफ्नो मेडिकल उपकरण ला`दिएका जहाजलाई स्पेनले टर्कीको कब्जाबाट मुक्त गराउन सफलता पायो । तर यो घ`टना कोरोना भाइरसले कसरी विश्वका तमाम भागमा कुटनीतिक तनावलाई जन्म दिइरहेको छ भ`न्ने सन्दर्भमा एउटा उदाहरण बनेर स्थापित भएको छ ।

“” कुन देशबीच बढ्दैछ विवाद “”
कोरोना भाइरसका बारेमा अमेरिका र चीनबीच कुटनीतिक रुपमा भइरहेको आरोप–प्रत्यारोपलाई विश्वमै महत्वका साथ हेर्ने गरिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सं`गठनलाई चीनको इशारामा चलेको आरोप लगाएको र विश्व स्वास्थ्य सं`गठनलाई उपलब्ध गराउँदै आएको सहयोग रोक्नेबारे विचार गरिरहेको अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिको वि`श्वमै चर्चा भयो । तर, कोरोनाभाइरसका कारण वि`श्वमा कुटनीतिक तनावको योमात्र एउटा उदाहरण भने होइन ।

चीनमाथि कोरोना भाइरसका बिरामीको सं`ख्या लुकाएको आरोप पनि लाग्दै आएको छ, यद्यपि कोरोना भाइरससँग जोडिएको हरेक कुटनीतिक सं`घर्षको सम्बन्ध भने चीनसँग मात्र सम्बन्धित भने छैन ।लन्डन स्कूल अफ इकोनोमिक्सका इन्स्टिच्यूट अफ ग्लोबल अफेयर्सकी सोफिया गस्टनले बीबीसीसँग भनिन्, ‘यो महामारीलाई साझा चु`नौती मानेर आपसमा सहयोग हुनेछ भन्ने अपेक्षा तमाम मुलुकले गरेका थिए । तर तमाम मुलुक आफ्नो निजी हितलाई महत्व दिइरहेका छन्, सहयोगको साटो एक अर्कासँग होड गरिरहेका छन् ।’

Related Articles

Back to top button
Close