Corona (COVID-19) Updates

चीनमा २४ घण्टाभित्र कसैको मृ`त्यु भएन, नयाँ संक्र`मित भेटिएनन्

चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्र`मणका कारण कसैको पनि मृ`त्यु भएको छैन । खुसीकै कुरा हो, यहाँ नयाँ संक्र`मित पनि भेटिएका छैनन् ।cवर्ल्डोमिटरको पछिल्लो आँक`डालाई केलाउँदा २४ घण्टाभित्र कसैको मृ`त्यु भएको छैन भने नयाँ संक्र`मित पनि भेटिएका छैनन् । हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल संक्र`मित छन् जसमध्ये १ सय ४४ जनाको स्थिती चिन्ताजनक छ ।

यहाँ हालसम्म ३ हजार ३ सय ३६ जनाले कोरोना संक्रम`णका कारण ज्यान गुमाएका छन् । यद्यपि, थुप्रै जानकारले चीनमा कोरोना भाइरसको दोस्रो लहर भित्रिन सक्ने चेतावनी दिएका छन् । केही दिनअघि चीनका राष्ट्रपति सी जिनपिङले पनि यो खतरालाई मध्यनजर गर्दै आफ्ना देशवासीलाई सतर्क रहन आग्रह गरेका थिए ।

कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई १३ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण .,,
मोरङ–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई प्रदेश नं. १ मा कार्यरत गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । प्रदेश १ सरकारले कोरोना संक्रमित विरामीको उपचारका लागि निर्माण गरेको अस्पतालमा आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले १३ लाख ३० हजार ७ सय १५ बराबरको सामाग्री उपलब्ध गराएका हुन् ।

गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गर्ने सेभ द चिल्ड्रेन प्रदेश नं. १ का बरिष्ठ परियोजना प्रबन्धक हरिबोल बजगाईले स्वास्थ्य सामग्री सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्ता`न्तरण गरे । मन्त्री घिमिरेलाई ७ लाख ७६ हजार १ सय ७३ बराबरको ३० थान वेड, ४ लाख ६४ हजार ५ सय ४२ वरारको व्यक्तिगत सुरक्षा उपकरण, ६० हजार बरावरको कार्डिक मोनिटर, ३० हजार बरारको पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ ।

Related Articles

Back to top button
Close