Corona (COVID-19) UpdatesInternational News

अछाम घर भएका एकै परिवारका आठ जनामा कोरोना संक्रमण

भारतमा बसोबास गर्दै आएका एकै परिवारका आठजना नेपालीमा कोरोना संक्र`मण भेटिएको छ । अछाम घर भएका उनीहरु रोजगारीका लागि मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका थिए । यससँगै भारतमा कोरोना संक्र`मित नेपालीको संख्या १२ पुगेको भारतीय स`ञ्चार माध्यमले जनाएका छन् । लामो समयदेखि मु`म्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुं`ग्राका चेतमान खड्काको परिवारमा कोरोना भाइरसको संक्र`मण देखिएको हो ।

उनीसँग लामो समयदेखि सांगी`तिक क्षेत्रमा सहकार्य गर्दै आएका गायक तथा मोडल चक्र बमले खड्का परिवारका आठ जनामा कोराना संक्र`मण देखिएको जानकारी दिएका छन् । गायक बमले खड्का, उनका दुई छोरी, छोरा, प`त्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामै संक्र`मण देखिएको बताए । उनले सो कुरा आफ्नो फेसबुकमा पनि उल्लेख गरेका छन्।

आज पुरा १० दिन भो हस्पिटलको कष्ट र परिवार छोराछोरी भाई भतिजा को विचल्ली भएको सहन गर्दा गर्दा मलाई यस्तो लागि राको छ कि १० दिन काट्नु पनि १० वर्ष जस्तो लागीरहेको छ के गर्नु दैबको खेल वि`श्व`व्यापी मा`रा`मा`री ले गर्दा आफूले पनि यो मारामारी भोग्नु`परेको छ र हामी सम्पूर्ण परिवार चिन्तित छौं र हजुरहरुलाई पनि जानकारी गराउन चाहन्छु आफ्नो घर वा आफ्नो स्थान बाट बाहिर नं निस्कनु होला आफ्नो सुरक्षा आफै गर्नुहोला जहाँ हुनुहुन्छ जो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला नभए मेरो जस्तो पिडा भो`ग्न पर्ला अाफ्नो ख्याल आफै गर्नुहोला जय श्रीराम सम्पूर्ण मानव जातिको रक्षा गर्नु ईश्वर जय खाबर जगनाथ कि जय

Related Articles

Back to top button
Close