Thoughts

नोबेल विजेता वैज्ञानिक लेविट भन्छन्- कोरोनाको प्रकोप सकियो, अब चाँडै निय`न्त्रणमा आउँछ

नोवेल पुरस्कार विजेता तथा स्ट्यान`फोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् ।
लस एन्जलस टाइम्स`सँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ । अब यो बिस्तार कम हुँदै जान्छ ।’माइकलको भनाइलाई संसार `भरबाट महत्वपूर्णरुपमा हेरिएको छ । उनले चीनमा देखिएको कोरोना भाइरसको असरका विषयमा लगत्तै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको धारणा मिलेपछि अमेरिकी मिडियाले उनलाई पच्छाएका छन् ।

सयौँ हेल्थ एक्सपर्टस्ले चीनले कोरोना भाइरस नियन्त्र`णमा काम गर्न नसक्ने बताएका बेला उनले निश्चित समय नै तोकेर चीनले नियन्त्रण गर्ने बताएका थिए । यो उनको धारणा अहिले सत्य सावित भएको छ ।लेवितले फेब्रुअरी महिनामा लेखेका थिए, ‘चीनमा कोरोना भाइरसको संक्रमणमा गिरावट आएको छ । यसले के देखिन्छ भने अबका केही हप्तामा चीनमा कोरोना भाइरस निय`न्त्रणमा आउँछ । मृ`त्यु`दरमा पनि अन्य देशभन्दा चीन पछि नै हुन्छ ।’ उनको यो भविष्यवाणी सत्य सावित भएको छ ।चीनले कोरोना भाइरसमा लगभग निय`न्त्रण कामय गरिसकेको छ । वुहानमा सार्वजनिक गाडी चल्न थालेका छन् । चीन आफ्नो खुट्टामा उभिन थालेको छ ।

वास्तवमा लेविटले चीनमा झण्डै ३ हजार ३ सयको मृत्यु र ८० हजार संक्र`मित हुने अनुमान लगाएका थिए । अहिले चीनमा मृ`त्यु हुनेको संख्या र संक्र`मितको सं`ख्या लगभग उस्तै छ । लेविटले अब संसारभर चीनकै जस्तो अवस्था देखिरहेका छन् । ५० देशको डाटा विश्लेषण गर्दै उनले धेरै रिकभरीको संके`त प्रस्तुत गरेका छन् । उनले चीन र दक्षिण कोरियामा नयाँ संक्र`मणदर कम हुँदै गएको बताएका छन् ।लेविट भन्छन्, ‘आं`कडा अहिले उच्च तहमा पुगेको छ । वृद्धिदरको अनुपात हेर्दा अब कम हुँदै जान्छ ।’ उनले टेस्टिङ नभएका कारणले धेरै संख्याका संक्र`मित आउन बाँकी नै रहेको पनि बताएका छन् । यस्तो अवस्थामा पनि अब बिस्तारै कोरोना भाइरसको संक्र`मण कम हुँदै जान्छ ।

लेविटको यो निष्कर्ष संसारभर उत्साह छर्ने एक महत्वपूर्ण तथ्य भएको छ । उनले कोरोना भाइरसबाट लड्ने तरिका पनि चीनले अपनाएजस्तो सजिलो नभएको बताए । सामाजिक दूरी कायम गर्ने एउटा महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ । उनले एक ठाउँमा भेला नहुन, दूरी मेन्टन गर्न, परिवारका सदस्यबीचमा पनि दूरी कायम गर्न, भिडभाडका कार्यक्रम नगर्न र रोग प्रतिरोधात्मक क्षमता बिकास गर्न सुझाव दिएका छन् ।कोरोना भाइरस विरुद्धको भ्याक्सिन बन्नका लागि महिनौँ सम्म लाग्नसक्ने भन्दै उनले यस्तो बेलामा सडकमा निस्किने, साथीहरुसँग पाटीमा जानेलगायतका घर बाहिरका काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् । लेविटले भनेका छन्, ‘लक्ष्यको नजिक पुग्नका लागि अनुशासन चाहिन्छ । त्यसका लागि लक्ष्य पहिचान गर्नुपर्छ । चीनले आइसोलेसन गरेरै सफलता प्राप्त गरेको हो । त्यो सबैका लागि ध्यान दिनुपर्ने र अनुसरण गर्नुपर्ने विषय हो ।’

इटलीमा भाइरसको संक्र`मण धेरै देखिनुको कारण बारेमा पनि उनले प्रष्ट पारेका छन् । लेविट भन्छन्, ‘त्यहाँ भ्याक्सिन विरुद्धको भावनाले गर्दा ठूलो क्षति पुगेको छ । सामान्य फ्लू`विरोधी भ्याक्सिन नलगाएका कारण यस्तो अवस्था आएको हो । फ्लू`विरुद्धको भ्याक्सिन नलिएका व्यक्तिमा यो भाइरसको आक्र`मण तिब्र हुन्छ ।’ लेविटको कुराकानीले आम नागरिकलाई राहतको स्वास लिन सहयोग पुगेको छ । उनले अब ठिक हुने उपायका विषयमा सबैले प्रयास गर्नुपर्नेमा पनि जोड दिएका छन् । सन् २०१३ मा उनले रसायन शा`स्त्रमा नोवेल पुरस्कार प्राप्त गरेका थिए । उनले सं`सार नै सकिन्छ भ`न्ने जस्ता त्रसित पार्ने खालका दावीलाई खारेज गरेका छन् ।

Related Articles

Back to top button
Close