Religious

आज शुक्रबार, कस्को पूजा गरे के लाभ मिल्छ ??

हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्न`पूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्री`ले सुख–शान्ति तथा मनो`कांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

कोरोनाको त्रासले नुवाकोटको सिन्दूरे जात्रा स्थगित :: नुवाकोट- सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेनालाई भ्याइनभ्याइ हुन्थ्यो ।चैत शुक्लपूर्णिमामा सञ्चालन हुने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दूरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउन उनीहरु व्यस्त हुन्थे ।तर यो वर्ष कोभिङ–१९) रोगको सङ्क्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन गरेको कारण सिन्दूरे जात्रा स्थगित गरिएकोले जात्रासँग सम्बन्धित सबै आआफ्नो घरघरमा लकडाउनलाई पालना गरी बसिरहेका छन् ।

यो वर्ष जात्रा चैत २८ गते परेको थियो भने चैत २६ गते चैत शुक्लपूर्णिमा तिथी रहेको छ ।जात्राको शुरु देखिको सबै प्रक्रिया स्थगित गरिएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए ।‘सिन्दूरे जात्रा भनेर प्रमुख जात्रा भए पनि चैते दशैँको भोलिपल्ट देखिनै यसको विभिन्न विधि शुरु हुन्छ । यो वर्ष देवीघाट जाने, अक्षता उठाउने, महाबली लिनेजस्ता कुनै पनि कामहरु गरिएनन्’, द्वारे शाहीले भने ।

Related Articles

Back to top button
Close