International News

आफ्नै ठूलो भूलका कारण अमेरिका कोरोनाभाइरसको दलदलमा यसरी फस्दै गयो

कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश अमेरिका बनेको छ । यहाँ ४ लाख ३५ हजारभन्दा धेरै संक्र`मित भइसकेका छन् । १४ हजार ७ सयभन्दा धेरैले ज्यान गुमाइ`सकेका छन् । अमेरिकाजस्तो शक्तिशाली मुलुक महामारी रोक्न यतिसम्म असफल किन भयो ? यसको पछाडि अमेरिकाले समयमै गर्नुपर्ने तयारीमा चुक ठूलो कारणको रुपमा देखिएको छ ।

१९ जनवरी २०२० मा वाशि`ङटनका ३५ वर्षका एक व्यक्तिलाई स्नो`होमिश काउन्टी अस्पतालमा भर्ना गरियो । ४ दिनदेखि रुघाखोकीले ग्रस्त ती युवकलाई सास फेर्न पनि समस्या भइरहेको थियो । उनका अनुसार उनी चीनको वुहानमा आफन्तसँग भेटेर १५ जनवरीमा वाशिङटन फर्केका थिए । यो त्यो समय थियो जतिबेला चीनले समेत कोरोनाभाइरस महामारीको आधिकारिक घोषणा गरेको थिएन । २० जनवरीमा ती युवकको परीक्षण रिपोर्ट आयो र उनीमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भयो । यी व्यक्ति अमेरिकामा भेटिएका पहिलो संक्रमित थिए ।

२९ फेब्रुअरी २०२० मा वाशिङटनमै कोरोना`भाइरसका कारण एक व्यक्तिको मृत्यु भयो । ५० वर्षका एक व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दियो । उनको ट्राभल हिस्ट्री खोज्दा उनले कोरोना भाइरसको संक्र`मण फैलिएको कुनै पनि ठाउँको यात्रा गरेको पाइएन । संक्र`मण फैलिएका ठाउँबाट फर्किएका कुनै व्यक्तिसँग मृत्यु हुने व्यक्ति सम्पर्कमा आएको पनि भेटिएन ।

अर्थात, अमेरिकामा पहिलो कोरोनाभाइरस सं`क्रमित भेटिएको १ महिना ९ दिनपछि मात्र कुनै बिरामीको यही भाइरसका कारण मृत्यु भएको थियो । पहिलो संक्र`मणदेखि पहिलो बिरामीको मृत्यु भएको मितिसम्म आइपुग्दा अमेरिकामा १५०० भन्दा धेरै संक्र`मित भएको पुष्टि भइसकेको थियो ।आज अमेरिकामा पहिलो बिरामीको मृत्यु भएको ठिक १ महिना ९ दिन नै भएको छ । तर, आज पनि अमेरिका कोरोना भाइरससँग संघर्ष गरिरहेको छ र यो संघर्षमा अमेरिकामाथि कोरोनाभाइरस हावी देखिएको छ ।

भाइरसले अमेरिकामा विकराल रुप लिइसकेको छ र ठूलो विनाश मच्चाइरहेको छ । यतिसम्म कि अमेरिकापछि सबैभन्दा धेरै संक्र`मण देखिएका तीन देशहरु इटली, स्पेन र जर्मनीका कूल संक्र`मितको संख्या जोड्दा पनि अमेरिकाका संक्र`मितको संख्याभन्दा कम नै हुन्छ । सबैभन्दा चिन्ताको कुरा त विज्ञहरु अझैसम्म अमेरिकामा कोरोनाभाइरसको सबैभन्दा ठूलो विनाशको चरण आउन बाँकी नै रहेको बताइरहेका छन् ।

Related Articles

Back to top button
Close