Thoughts

सांसदल गायतको तलब सुविधा कटौती गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुविधा बढायौँ !!

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले सांसदलगायको तलब सुविधा कटौती गर्न सुझाएका छन् । विहीबार ट्वीट गर्दै थापाले कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउन सुझाएका हुन् ।

उनले लेखेका छन्, ‘महासंकटको यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौं। ‘प्रहरी प्रधान कार्यालय नक्सालले ‘कोरोना उपचार राहत कोष’मा रकम जम्मा गर्न भन्दै प्रहरी अधिकृतहरुको तलब कटौती गरेपछि उनको यस्तो प्रक्रिया आएको हो ।

युएईबाट नेपाली कामदारको अपिलः कम्पनीले बेतलवी विदा दियो, अब कसरी बाच्ने ?

दुबईमा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु कोरोनाभाइरसको महामारी फैलिएसँगै विच`ल्लीमा पर्न थालेका छन् । एकातिर कोरोनाभाइरसको सं`न्त्रास अर्कोतर्फ कम्पनीले बेतलवी विदा दिएसँगै उनीहरु अवका दिन कसरी विताउने र रोजगारी गुम्ने डरले झनै विचलित छन् ।

युएईले यसबेला श्रमिक कटौती गर्ने र सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समय अवधि तलब नै नदिन समेत पाउने नियम लागु गरेको छ । रोजगारदाताले कामदारलाई कुनै सुविधा नदिने निर्णय गरिदिएमा नेपाली कामदार बसिरहन सक्ने स्थिती हुने छैन । उक्त निर्णयले गर्दा धेरैले रोजिरोटी गुमाएका छन्।। यसो भएमा नेपाली कामदारहरु ठूलो सं`ख्यामा बेरोजगार भएर स्वदेश फर्किने स्थिती आउने निश्चित छ ।

Related Articles

Back to top button
Close