Hot News

गृह मन्त्रा`लयले भन्यो- उपत्यका छाड्न दिने निर्णय भएको छैन, हल्लाकोको पछि नलागौ !

कोरोना भाइरस (कोभिड–१९) निय`न्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण काठमाडौंमा रोकिएकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन गरिएको छ । कोरोना रोक`थाम तथा निय`न्त्रण उच्चस्तरीय सम`न्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहित गृहमन्त्री लगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउँदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो’ मन्त्री पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात`मन्त्री वसन्तकुमार नेम्वा`ङले ‘लक`डाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् ।

सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चार`माध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पारेका थिए । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उनले बताए । आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उनले बताए । उनले भने, “आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।”त्यस्तै गृह मन्त्रालयले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिने निर्णय भइनसकेको जानकारी दिएको छ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्- भाेलि र पर्सि सवारीसाधन चल्न पाउनेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय आएकाे छैन। आएमा जानकारी गराइनेछ। लकडाउनका कारण १७ ओँ दिनदेखि ठप्प देशमा अचानक उपत्यका छाड्न दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो।उच्चस्तरीय समिति स्रोतले पनि मन्त्रीहरुबीच उपत्यका छाड्न दिने सहमति भए पनि केही मन्त्रीहरुले नै यसमा विमति जनाएपछि यो अनिश्चित बनेको हो।

Related Articles

Back to top button
Close