Hot News

काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।
‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो ’, मन्त्री पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले रातोपाटीलाई जानकारी दिए । रातोपाटी

भारतबाट फर्किएका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन

काठमाडौँ । अनाधिकृत रुपमा भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका संघीय सांसद प्रदीप यादवलाई गृहमन्त्रालयले क्वारेन्टाइनमा राख्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।बिहीबार गृहमन्त्रालयले समाजवादी पार्टी नेपालका सांसद रहेका यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त आधिकारीले रातोपाटीलाई जानकारी दिए ।

अधिकारीका अनुसार सांसद यादवले भारतीय क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सिडिओ कार्यालय पर्सालाई निर्देशन दिइएको हो ।

Related Articles

Back to top button
Close