News

लकडाउनका कारण काठमाडौंमा कामविहीन बनेका व्यक्तिलाई घर जान दिने सरकारको निर्णय

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमण रोक्न जारी गरिएको लकडाउनका कारण कामविहीन बनेर बसेका व्यक्तिलाई शुक्रबार र शनिबार आ–आफ्नो घर जान दिने भएको छ ।बिहीबार रक्षा मन्त्रालयमा बसेको सरकारवाला मन्त्रालयका मन्त्रीहरुको बैठकले काठमाडौं उपत्यका छाडेर बाहिर जान चाहने व्यक्तिलाई शुक्रबार र शनिबार आ–आफ्नो घर जान दिने निर्णय गरेको हो ।

यस बीचमा काठमाडौं उपत्यकामा भने प्रवेश गर्न पाइने छैन ।रक्षा मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी काठमाडौं उपत्यका छाडेर जान चाहने व्यक्तिलाई आ–आफ्नो घर जाने व्यवस्था मिलाउने छन् ।

राष्ट्रिय युवा परिषद्ले काेराेनाबारे चेतना फैलाउन युवा परिचालन गर्ने
राष्ट्रिय युवा परिषद्ले कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ ।वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध युवाले आ–आफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयंसेवकीय भूमिका निर्वाह गर्ने गरी युवा परिचालन गर्न थालेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला युवा समितिका अध्यक्ष र युवा क्लब सञ्जाललगायत अन्य सबै सञ्जालका सदस्य स्वयंसेवी रुपमा परिचालन हुने छन् । ७७ जिल्लामा रहेका युवा सञ्जालमा रहेका छन् । उनले कोरोना रोकथाममा जनचेतना जगाउन करिब तीन हजार युवा परिचालन हुने जानकारी दिए ।

Related Articles

Back to top button
Close