News

शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान दिने सरकारको निर्णय !!

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका छन् । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाहरुसँगको बैठकले सो निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेपछि सकारले यस्तो निर्णय गरेको बताइएको छ । जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् ।

भारतबाट फर्किएका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन
काठमाडौँ । अनाधिकृत रुपमा भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका संघीय सांसद प्रदीप यादवलाई गृहमन्त्रालयले क्वारेन्टाइनमा राख्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।बिहीबार गृहमन्त्रालयले समाजवादी पार्टी नेपालका सांसद रहेका यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त आधिकारीले रातोपाटीलाई जानकारी दिए ।

अधिकारीका अनुसार सांसद यादवले भारतीय क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सिडिओ कार्यालय पर्सालाई निर्देशन दिइएको हो । ‘जो कोहीले पनि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाउँदैन । यदि कसैले भेटेको जानकारी आयो भने क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’ अधिकारीले भने ।सांसद यादवसँग पत्रकार रितेश त्रिपाठी, अनिल तिवार र उनका निजी चालक हिरामन पटेल पनि भारत गएका थिए । उनीहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । (रातोपाटी संवाददाता)

Related Articles

Back to top button
Close