International News

ट्रम्पको चेतावनीपछि विश्व स्वास्थ्य संगठनले दियो यस्तो जवाफ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीको विध्वंशबीच विश्व स्वास्थ्य संगठनको विषयमा एउटा ठूलो बयान दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार भनेका थिए, ‘जब हामीले यात्रामा प्रतिबन्ध लगाएका थियौं तब विश्व स्वास्थ्य संगठनले यसको आलोचना गरेको थियो । उनीहरुको कोरोना संक्र`मणको विषयमा अत्यधिक गल्ती गरेका छन् । उनीहरुले निकै अघि नै यो रोगबारे चेतावनी जारी गर्नुपर्दथ्यो ।’

साथै, विश्व स्वास्थ्य संगठनले चीन केन्द्रीत व्यवहार अनाइरहेको आरोपसमेत ट्रम्पले लगाएका थिए । आफ्नो सम्बोधनमा उनले अमेरिकाको तर्फबाट विश्व स्वास्थ्य संगठनलाई दिइने कोषबारे पनि कुरा गर्दै भने, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै पैसा दिन्छ र भविष्यमा हामी यो पैसामाथि रोक लगाउँदैछौं ।’

यो पनिःट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिए धम्की
यसबारे विश्व स्वास्थ्य संगठनको पनि जवाफ आएको छ ।जेनेभामा एक पत्रकार सम्मेलनको क्रममा विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेडरोस अधानोम गेब्रिये`ससले कोरोनामाथि राजनीतिकरण हुन नहुने बताएका छन् । उनले यस्तो नगर्न अपिलसमेत गरेका छन् ।

निर्देशक जनरल टेडरोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आर्थिक सहयोगमाथि रोक लगाउने बयानबारे गरिएको प्रश्नको जवाफमा सो कुरा भनेका हुन् ।उनले भने, ‘अहिले सबै राजनीतिक दलको ध्यान आफ्ना जनतालाई बचाउनेतर्फ केन्द्रीत हुनुपर्छ ।’टेडरोसले भने, ‘हामीले संसारभरीका ८८ हजार बढीलाई गुमाइसकेका छौं । हामी के गरिरहेका छौं ? आफ्नो राजनीतिक महत्वकांक्षाका लागि कोभिड–१९ लाई प्रयोग गर्न कुनै आवश्यकता छैन ।’

Related Articles

Back to top button
Close