International News

चीनमा कोरोनाभाइरसको दोस्रो लहरको जोखिम देखिएको भन्दै राष्ट्रपतिले दिए चेतावनी

चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्र`मणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् । बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटका बीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको बताएका छन् । चीनमा अहिलेका लागि कोरोनाभाइरस निय`न्त्रणमा रहेको जस्तो देखिन्छ ।

यहाँ नयाँ संक्र`मित र मृतकको संख्या पनि कमै देखिएको छ । बुधबार कोरोना भाइरसको वास्तविक केन्द्रबिन्दु ऊहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ ।‘चीनमा कामको पुनर्स्थापना र आर्थिक तथा समाजिक विकासका लागि नयाँ कठिनाइ र चुनौतीहरु देखापरेका छन्,’ सिन्ह्वाले सीको भनाई उद्धृत गर्दै लेखेको छ । सीले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह गरेको सिन्ह्वाले बताएको छ ।

न्यूयोर्कमा कोरोना भाइरस चीनबाट होइन, युरोपबाट भित्रियो

एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्र`मित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोना भाइरसको संक्र`मण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्र`मण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ ।‘अधिकांश युरोपियन थिए,’ यसबारे अध्ययन गरेका माउन्थ सिनाईस्थित इकान स्कूल अफ मेडिसिन जेनेटिक विज्ञ हार्म भान बाकेल भन्छन् ।

न्यूयोर्क विश्वविद्यालयको ग्रोसम्यान स्कूल अफ मेडिसिनको एक छुट्टै टोलीले गरेको अध्ययनमा पनि यस्तै निष्कर्ष निकालिएको छ । उनीहरुले छुट्टै केसहरुको अध्ययन गरेका थिए । दुवै टोलीले मध्य मार्चमा न्यूयोर्कका संक्र`मितबाट लिएको कोरोनाभाइरसको जीनोम (genomes) को अध्ययन गरेका थिए ।

Related Articles

Back to top button
Close