Thoughts

कोभिड–१९ को खोप पत्ता नलागेसम्म लकडाउन खुला गर्न हुँदैन : अध्ययन

लकडाउनलाई अन्त्य गर्दै आफ्ना जनतालाई पुनः काममा फर्काउन चाहिरहेका देशहरुले कोडिभ–१९ विरु`द्ध खोप पत्ता नलागेसम्म नयाँ संक्र`मणलाई नजिकबाट नियाल्नुपर्ने र त्यहीअनुसारले निय`न्त्रण कायम राख्नुपर्ने चिनियाँ अनुभवमा आधारित अध्ययनले देखाएको छ ।चीनमा दैनिक जीवनमा गरिएको आक्रामक निय`न्त्रणले कोभिड–१९ को पहिलो लहरलाई अन्त्य गरेको हङकङमा रहेका अध्ययनकर्ताहरुले बताएका छन् । तर, दोस्रो लहरको खतरा अझै रहेको उनीहरुको भनाइ छ ।

‘नियन्त्रणका उपायहरुले संक्र`मितको संख्यालाई न्यूनमा झार्न सफल भएको छ तर कोभिड–१९ बिरुद्ध सामुहिक इम्युनिटी (रोग प्रतिरोधात्मक शक्ति) बिना व्यवसाय, उद्योग र विद्यालयहरु खुलेर सामाजिक घुलमिल बढ्दा संक्र`मितको सं`ख्या पुनः बढ्न सक्छ । विश्वभर महामारी फैलि`रहँदा बाहिरबाट देशमा कोरोनासंक्रमित भित्र्ने खतरा उत्तिकै हुन्छ,’ अध्ययनमा संल`ग्न हङकङ विश्वविद्यालयका प्राध्यापक जोसेफ टी वू भन्छन् ।चीनले एक कोभिड–१९ सं`क्रमित व्यक्तिले अर्को व्यक्तिलाई संक्र`मित गर्ने दरलाई दुई वा तीनबाट एकभन्दा कममा झार्न सफल भएको छ । त्यही भएर त्यहाँ महामारी घट्दो क्रममा छ ।

तर, दैनिक जीवनलाई चाँडै सामान्य रुपमा अघि बढ्न दिए र नियन्त्रणका उपायहरुलाई एकैपटक हटाउने हो भने यो संक्र`मणको दर पुनः बढ्न सक्ने अध्ययनकर्ताहरुको चेतावनी छ । ‘के भइरहेको छ’ भन्ने कुरालाई सरकारले नजिकबाट नियाल्नु पर्ने उनीहरुको भनाइ छ ।‘सामाजिक दुरी र व्यवहार परिवर्तन जस्ता नियन्त्रणका नीतिहरु केही समय अझै लागू गनुपर्छ भने खोप पत्ता नलागेसम्म आर्थिक गतिविधिलाई पुनः सञ्चालन गर्ने र संक्रमणको दरलाई एकभन्दा कममा राख्ने बीचको सन्तुलनलाई पनि कायम गर्नु नै अहिले सबैभन्दा उत्तम रणनीति हुनसक्छ,’ वूले भने ।

ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित उक्त रिपोर्टलाई चीनमा फैलिएको महामारीमा आधारित गरिएको छ । उक्त रिपोर्टका अनुसार चीनमा कोरोनाभाइरस संक्र`मितको मृत्यु दर १ प्रतिशतभन्दा कम रहेको थियो भने महामारीको केन्द्रविन्दु बनेको हुबेईमा यो दर ६ प्रतिशत थियो । हरेक प्रान्तको आर्थिक अवस्था र स्वास्थ्य सेवाको आधारमा यो दर फरक फरक पाइएको थियो ।‘बेइजिङ र सांघाईजस्ता समृद्ध र स्रोतसाधनले सम्पन्न मेगा सहरहरु, जहाँ स्वास्थ्य सेवा पर्याप्त छ, सेवाको माग ह्वात्तै बढे उनीहरुले पनि संघर्ष गर्नुपर्नेछ,’ हङकङ विश्वविद्यालयका प्राध्यापक ग्याब्रियल एम लेउङ भन्छन् ।

Related Articles

Back to top button
Close