News

१०० दिन जसले विश्वलाई बदल्यो

कोरोनाभाइरस संक्र`मणको १०० दिन पूरा भएको छ । आजभन्दा १०१ दिन पहिले चीनको उहान शहरबाट कोरोना भाइरस फैलन सुरु भएको थियो । चीनमा अहिले अवस्था सामान्य भइरहेको छ । त्यहाँको शहर जगमगाइरहेको छ । तर, पछिल्लो एक सय दिनले दुनियाँको सधैँको लागि बदलिदिएको छ । यो १०० दिन विश्वको लागि, तपाइँ हाम्रो लागि सबैभन्दा कठिन दिन भएको छ । यसले तपाइँ हाम्रो जीवन बदलिदिएको छ । हामीले सायद कल्पना पनि गरेका थिएनौँ, हामीले यो अवस्था समेत भोग्नुपर्छ ।

कोरोना भाइरसको संक्रमणको टाइमलाइन

अघिल्लो वर्ष ३१ डिसेम्बरका दिन चीनको उहान शहरमा संक्र`मणको मामला अघि आएको थियो । त्यसको दोस्रो दिन अर्थात् १ जनवरी २०२० मा उहानको ‘सी फुड मार्केट’ बन्द गरिएको थियो । मानिन्छ, यही बजार कोरोना भाइरसको उद्ग`मस्थल हो । यहाँ कै कुनै जनावरबाट यो भाइरस फैलन सुरु भएको विश्वास गरिन्छ । तर, यसमा पनि अनुसन्धानकर्ताहरु विभाजित छन् । ९ जनवरीको दिन यो भाइरसको पहिलोपटक पहिचान भयो ।

त्यसको एक रातअघि ऊहान एक ६१ वर्षीय व्यक्तिले ज्यान गुमाएका थिए । यो नयाँ प्रकारको कारोनाभाइरस रहेको थाहा भयो । यसअघि, दुई कोरोना भाइरस सार्स र मर्स महामारीको रुपमा फैलिसकेको थियो । यो एउटा नयाँ प्रकारको भाइरस थियो जसको कुनै भ्याक्सिन र औषधि थिए । १३ जनवरीमा चीनबाहिर पहिलोपटक यो संक्र`मण देखियो । चीनबाहिर थाइल्यान्डमा पहिलोपटक उक्त संक्र`मण देखिएको थियो । चीनको ऊहानबाट आएकी ६१ वर्षीय महिलामा यस्तो संक्र`मण देखिएको थियो ।

२० जनवरीमा मात्रै यो थाहा भयो, यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत सरिरहेको छ । त्योवेलासम्म चीन र विश्व स्वास्थ्य संगठनले यस्तो सम्भावना इन्कार गरिरहेको थियो । त्यसको ४ दिनपछि अर्थात् २४ जनवरीको दिन यो भाइरस युरोप प्रवेश गर्यो । नयाँ वर्ष मनाउन चिनियाँ नागरिकहरु युरोपका विभिन्न शहर गएका कारण यो संक्र`मण युरोपमा छिट्टै सुरु भएको थियो । तर सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीजरल्याण्डको डाभोसस्थित एउटा सम्मेलनमा भने, ‘कोरोना भाइरसबाट अमेरिका खतरामुक्त छ ।’

त्योबेला उनी विश्वमा के भइरहेको छ भन्नेबारे बेखबर रहे । सायद उनैलाई थाहा थिएन, अमेरिका यो भाइरसको यति ठूलो शिकार बन्नेछ । अहिले अमेरिका विश्वको सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ जहाँ १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्र`मितको संख्या ४ लाख नाघेको छ ।यो भाइरस संक्र`मणपछि अमेरिका विश्व शक्तिराष्ट्रको पहिलो नम्बरबाट हट्नसक्ने अनुमान समेत गरिएको छ । यो भाइरसले अमेरिकाको पूरा छवि तोडिदिएको छ । भाइरस देखिएको ठीक एक महिनापछि अर्थात् जनवरी ३१ का दिन बेलायत युरोपियन युनियनबाट जुन दिन अलग भयो, सोही दिन यो भाइरसले विश्वभर तेज गतिमा संक्रमण बढाइरहेको छ भन्ने प्रमाणित भयो ।

Related Articles

Back to top button
Close