Corona (COVID-19) Updates

युएईमा एकैदिन ३०० जना नयाँ कोरोना भाइरस संक्र`मित भेटिए

युएईमा आज (बुधवार) ३०० जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्र`मित भेटिएका छन्। यो सँगै युएईमा संक्र`मितको संख्या २६५९ पुगेको छ। यसैगरी आज थप ५३ जनासँगै २३९ जनाले स्वास्थ्यलाभ गरेका छन्। यसैगरी हालसम्म युएईमा मृ-त्यु हुनेको संख्या १२ पुगेको छ।

आज नेपालीको थप संक्र`मित संख्या कति छ/छैन खुलाईएको छैन । केही दिन अघि सम्म ११ जना नेपाली संक्र`मित मध्येबाट २ जना निको भएको र अन्य ९ जना समान्य अवस्थामा उपचाररत रहेको नेपाली दूतावासले जनाएको छ। यसैगरी कोरोनाबाट युएईमा एक जना नेपाली महिलाको मृ-त्यु भएको यहाँको स्थानीय प्रहरीको रिपोर्टमा उल्लेख गरिएपनि नेपाली दूतावास अबुधावीले औपचारिक जानकारी नआएको बताउँदै आएको छ।

राष्ट्रपति भण्डारीबाट बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई आज अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्र`मित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औँल्याउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Related Articles

Back to top button
Close