News

आइतबारदेखि भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं– आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो । निगम सञ्चा`लक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो ।

निगमले सबै ग्यास उद्योगीहरुलाई विहीवारदेखि नै भरि ग्यास सिलिन्डर भर्न निर्देशन दिएको छ । कोरोना भाइरस महामारी र लकडाउनका कारण खाना पकाउने ग्यासका अभाव देखिएपछि निगमले आधा सिलिन्डर ग्यास विक्री वितरण गर्ने निर्णय गरेको थियो ।

ट्वीटरका संस्थापक डोर्सेद्वारा १ अर्ब डलर सहयोगको घोषणा
वासिङ्टन –– सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महा`मारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।

उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गरेका छन् । फोर्बसका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ ।

Related Articles

Back to top button
Close