International News

उत्तर कोरियाले आफ्ना नागरिकलाई दियो लसुन खान सल्लाह

उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारले यो भाइरसको संक्र`मणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ । उत्तर कोरियाले कोरोना भाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको पनि छ । सरकारले डाक्टरको सल्लाहबिना कुनै पनि औषधी नखान र आफूलाई मनलाग्दो गरी एन्टिभाइरल औषधी पनि नखान भनेको छ ।

मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिइएको छ किनभने यसले रोग प्रतिरोधी क्षमता कम गराउँछ । साथै, मानिसहरुलाई रोग प्रतिरोधी क्षमता बलियो बनाउन पारम्परिक तरिका पनि पालना गर्न सुझाइएको छ । साथै, उत्तर कोरियाले आफ्ना जनतालाई ल`सुन, प्या`ज र महलाई आफ्नो खानपिनमा धेरैभन्दा धेरै समावेश गर्न सल्लाह दिएको छ । यसका साथै मास्क लगाउन पनि सल्लाह दिइएको छ ।

कोरोना भाइरससँग लड्न इरानले माग्यो पाँच अर्ब डलर ऋण

इरानका राष्ट्रपति हसन रुहानीले बुधबार कोरोनाभाइरसँग लड्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाँच अर्ब डलर आपतकालीन कोष प्रदान गर्न अपिल गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रुहानीले मन्त्रीपरिषद्को बैठकमा भने, ‘म अन्तर्राष्ट्रिय संगठनलाई आफ्नो जिम्मेवारी निभाउन अपिल गर्छु । हामी आईएमएफका सदस्य हौं । ऋण दिँदा कुनै पनि प्रकारको भेदभाव हुनुहुँदैन ।’

Related Articles

Back to top button
Close