Local News( SHANKHARAPUR)

लकडाउनमा शंखरापुर नगरपालिकाले दूध बिक्रीमा रोक लगाएपछि विरोध

काठमाडौंको शंखरापुर नगरपालिकाले लकडाउनको बेला दूध बि`क्रीमा रोक लगाएको भन्दै विरो`ध भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्र`णका लागि भन्दै नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र विभिन्न दलका कार्यकताहरु बीचको बैठकले दूध बि`क्रीमा रोक लगाउने निर्णय गरेको थियो ।

नगरपालिकाको सो निर्णयको वडा नम्बर ६ का वडाध्यक्ष समेतले विरोध गरेका छन् । वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले अहिलेको अवस्थामा व्यवस्थित ढंगले किसानको उत्पादन बि`क्रीको व्यवस्था गर्नुपर्नेमा उल्टै किसानलाई मार पार्ने निर्णय भएको बताए । उनले कोरोना भाइरसको त्रास भन्दा पनि नगरपालिकाको निर्णयले किसानलाई समस्यामा पारेको उनले बताए ।

उनले भने–‘केन्द्र सरकारले नै नरोकेको विषयमा हाम्रो नगरपालिका जान्ने भएर एक कदम अघि बढेको छ । संक्र`मणको जोखिम नहुने गरी कसरी व्यवस्थापन गर्ने भन्नेतिर नलागेर कृषि उपजलाई नै प्रतिबन्ध लगाउन अघि सरेको छ । भन्ने बेला कृषिबाटै आत्मनिर्भर हुन्छौँ भन्ने तर नगर कार्यसमितिको निर्णय समेत नराखी आफूखुसी निर्णय भएको छ । यसले नगरपालिकालाई पनि हीत गर्दैन, किसानलाई पनि हित गर्दैन ।’
यता नगरप्रमुख सुर्वण श्रेष्ठले भने किसानहरुकै मागका आधारमा दूध बिक्रीमा रोक लगाउने निर्णय भएको दावी गरे । भाइरस संक्र`मणबाट सुर`क्षाका लागि यस्तो निर्णय भएको बताउँदै केही नियमहरु राखेर भोलि देखि दूध बिक्री वितरण खुला गर्ने जानकारी दिए । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण किसानहरुले कृषि उपज बिक्री वितरणमा समस्या झेल्दै आएका छन् ।

Related Articles

Back to top button
Close