International News

नेपालीलाई सहयोग गर्दै आएका अमेरिकी अभियन्ताको कोरोना भाइरसले निधन

अमेरिका- नेपालीहरुलाई सहयाेग गर्दै आएका एक अमेरिकी राजनीतिज्ञको कोराेना भाइरसका कारण निधन भएको छ । नेपालका भूकम्पपीडितलाई सहयोगका लागि राहत संकलन तथा अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध न्युजर्सीका मायकल युनको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो । जर्सी सिटीका काउन्सिलम्यान समेत रहेका युनले नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भगिनी सम्बन्ध कायम गर्ने अभियानमा युनको विशेष भूमिका रहेको थियो ।जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारको उक्त अभियनामा उनले साथ दिएका थिए ।

तीन वर्ष अगाडि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउनेमा पनि उनले उल्लेख्य भूमिका निभाएका थिए ।उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर नेपालीहरुका लागि पठाएका थिए ।अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउनमा पनि उनको सहयोगी भूमिका रहेको थियो । उनको निधनले अमेरिकामा रहेका नेपाली समुदायले समेत गहिरो दुःख प्रकट गरेका छन् ।

लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न देउवाको अपिल

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन् ।मंगलबार न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गरेका छन् ।

सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढन समेत सरकारलाई अनुरोध गरेका छन् । सरकारले आशङ्का लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close