Corona (COVID-19) Updates

काेराेनाका कारण ज्या न गुमाउनेकाे संख्या ८२ हजार नाघ्याे, एकैदिन ७ हजार बढीकाे निधन

काठमाडाैं, २६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्र`मणबाट ज्या-न गुमाउनेको संख्या ८२ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृ -त्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । अहिलेसम्म विश्वभर १४ लाख ३० हजार ५१६ जना कोरोनाबाट संक्र`मित भएका छन् ।

सङ्क्र`मित मध्ये ३ लाख १ हजार बढी उपचारपछि घर फर्किएका छन् । अहिले १० लाख ४६ हजार ७८६ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४७ हजार ९१२ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्र`मणबाट सबैभन्दा बढी निधन हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्र`मणबाट निधन हुनेको संख्या १७ हजार १२७ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६०४ जनाको निधन भएको छ भने ३ हजारभन्दा बढी नयाँ संक्र`मित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ३५ हजारभन्दा बढीमा कोरोनाबाट संक्र`मित भएका छन् । तीमध्ये २४ हजार ३९२ जना पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ ९४ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्र`मितमध्ये ४ हजारकाे अवस्था गम्भीर रहेको छ ।

काेराेनाकाे कारण इटालीपछि सबैभन्दा बढी स्पेनमा निधन भएकाे छ । अहिलेसम्म स्पेनमा काेराेनाका कारण १४ हजारभन्दा बढीकाे ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७ सय ४ जनाको ज्या न गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । स्पेनमा अहिलेसम्म १ लाख ३४१ हजारभन्दा बढी काेराेना संक्र`मित भएको छन् । तीमध्ये ४३ हजार २०८ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ८४ हजार ६८९ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

Related Articles

Back to top button
Close