News

अन्तर्राष्ट्रिय उडानमाथि वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाइने

काठमाडौं– सरकारले कोरोना भाइरस संत्र`मणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिबन्ध पुनः १५ दिनका लागि बढाएको छ । कोरोना भाइरसको संक्र`मण रोकथामका लागि गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध वैशाख १८ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि दोस्रो पटक निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध वैशाख ३ गते सम्मका लागि कायम राखेको थियो ।सरकारले कोरोना संक्र`मणका लागि जारी गरिएको लकडाउनको आदेश भने वैशाख ३ गते सम्मका लागि लम्ब्याएको छ ।

क्वारेन्टाइन बसेको पहिलो दिनमै भागे इलामका युवा

इलाम – क्वारेनटाइनमा बसेको पहिलो दिनमै इलामको सिङ`फ्रिङबाट एक युवा भागेका छन् । सन्दकपुर गाउँपालिका ३ सुलुबुङका एक युवा इलाम नगरपालिकाले बनाएको डा. मेघबहादुर पराजुली सामूदायिक अस्पतालको क्वरेन्टाइनबाट भागेका हुन । मंगलबार बिहान २ बजेतिर झ्यालबाट हाम फालेर उनी भागेको इलाम नगरपालीकाले जनाएको छ ।

भारतको सिलिगुडीबाट आएका उनलाई गत चैत २३ गते क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइनमा रहेका १० जनाको सुरक्षाका लागि १२ जना प्रहरी खटाइएको भएपनि प्रहरी नभएको मौका छोपी उनी भागेको इलाम नगरपालिकाका सूचना अधिकारी राम कुमार शाहले जानकारी दिए ।

Related Articles

Back to top button
Close