News

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित, एसईई पनि अनिश्चित

राष्ट्रिय परीक्षा बोर्डले यही बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को र २१ गतेदेखि गर्ने तय भएको कक्षा ११ परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।बोर्डको चैत्र २५ गते बसेको बैठकले सो निर्णय गरेको हो । ‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ।यसअघि सरकारले चैतमा हुने माध्यमिक शिक्षा परीक्षा एसईई, त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयले लिने पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो।को संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन हटेर मुलुकभरको जनजीवन सामान्य नभएसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको गरेको छ ।

साथै एसईई परीक्षा हुने नयाँ कार्यतालिका प्रकाशन नगरिएको र परीक्षा हाल स्थगनकै अवस्थामा रहेको बोर्डले स्पष्ट पारेको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले लकडाउन जारी रहेको तथा संक्रमणको त्रास कायमै रहेको अवस्थामा एसईई परीक्षा कहिले गर्न सकिन्छ भन्ने कुरा यकिन नै गर्न नसकिएको बताए । यस अवस्थामा कुनै पनि भ्रममा नपर्न, धैर्य गर्न विद्यार्थी तथा अभिभावकलाई बोर्डले आहन गरिएको छ ।

‘विद्यार्थीमा कोरोना भाइरसको भय, त्रास रहेको अवस्थामा परीक्षा गर्न सकिने सम्भावना हुँदैन, मुलुकभरको अवस्था सामान्य नभएसम्म परीक्षा गर्न सम्भव देखिदैन’ परीक्षा नियन्त्रक खकुरेलले बताए ।लकडाउन खुलेर जनजीवन सामान्य हुने थालेपछि पनि परीक्षाका लागि विद्यार्थीलाई केही दिन समय दिइने जानकारी परीक्षा नियन्त्रक खकुरेलले भने । मन्त्रिपरिषद्को सोमबारको बैठकले जारी लकडाउन आगामी बैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरिसकेको छ ।

Related Articles

Back to top button
Close