Corona (COVID-19) Updates

अमेरिकामा कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा डा.चाल्र्स पक्राउ

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्या-न गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

यसै क्रममा अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लिबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित एक परियोजनाको उनी हार्वर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए ।

डा लिबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे । हार्वर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लिबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्वर्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।

काठमाण्डौमा यस्ता मोटरसाइकल, स्कुटर चलाउनेलाइ तुरुन्त कडा कारवाही गर्दै प्रहरी !
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ । महाशाखाले मोटरसाइकलले ध्वनी प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुपपरिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनेलाई कारवाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यस्ता मोटरसाइकलका कारण दुर्घटना बढ्ने भएकाले सर्वसाधारणमा अनावश्यक आवाजका कारण आ’तङ्कित तुल्याउने भएकाले कारवाही थालिएको हो । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र मात्र नभइ देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको जनाइएको छ ।

Related Articles

Back to top button
Close