News

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला !!

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा स`ङ्क्र`मणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

उनीहरु यही चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन् । उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए । भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किश`नगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरु बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला रायले बताउनुभयो ।

भारतीय १५ किशोर बहेडा गाउँमा लुकेर बसिरहेको बारेमा गाउँपालिका अध्यक्ष साहलाई समेत जानकारी थिएन । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहितकाले स्रोतको माध्यमबाट त्यसबारे जानकारी पाएपछि अध्यक्ष साहलाई जानकारी गराइएको थियो । अध्यक्ष साहले त्यसपछि वडा नं ५ का वडाध्यक्ष शेरा`जुद्दीन अन्सारीको सहयोगमा सोमबार भारतीय किशोरको खोजतलास गर्दा उनीहरु एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् ।

यता सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मीको २४ घण्टे ड्युटी र कडा निगरानी रहेको बेला भारतीय किशोर समूहमै नेपाल प्रवेश गरेकामा उनीहरुको कामप्रति प्रश्न-चिह्न उठेको छ । साथै स्थानीय बासिन्दा र वडाध्यक्षसमेतले गाउँमा नयाँ मानिस आएको कुरा प्रहरी प्रशासनलाई जानकारी नगराएर ठूलो लापरवाही गरेको आरोप सर्वसाधारणले लगाएका छन् ।

Related Articles

Back to top button
Close