News

पाँच महिनापछि कुलमानको कार्यकाल सकिँदै !!!

पाँच महिनापछि कुलमानको कार्यकाल सकिँदै, भने- मैले गरेका तीन प्रतिबद्धता पूरा हुन लागे आगामी भदौमा आफ्नो कार्यकाल सकिन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिबद्धताअनुसार काम गरेको बताएका छन्। घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई वि`द्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्रतिबद्धता जनाएका थिए। ती प्रतिबद्धता पूरा हुन लागको बताएका छन्।

लोड`सेडिङ अन्त्य गरिसकेका कुलमानले गत आर्थिक वर्षमा प्राधिकरणले करिब १० अर्ब नाफा गरेको बताएका छन्। ४५६ मेगावाटको माथिल्लो तामाकोशी आगामी असार महिनामा सम्प`न्न हुने र उक्त बिजुली आएपछि वर्खामा मुलुक बिजुलीमा आत्म`निर्भर हुने ठोकु`वासमेत गरेका छन्। प्राधिकरणको गत आर्थिक वर्ष (आव) २०७५-७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो।

प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५-७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षे`पण गरिएको थियो।सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ`मन्त्री एवं प्राधिकरण सञ्चा`लक समितिका अध्यक्ष वर्षमान पुनले सरकारी संस्थानहरुमध्ये प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने घोषणा गरेका थिए। महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आव २०७५-७६मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ। यो सँगै सञ्चा`लनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ। प्राधिकरणको जगेडा तथा सञ्चि`त कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ।

आव २०७४-७५मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणा`त्मक थियो।आव २०७२-७३ मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा स`ञ्चित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछिका आवहरुमा फड्को मार्दै खुद नाफा उकालो लागिरहेको छ। ऋणा`त्मक रहेको सञ्चित कोष धना`त्मकतर्फ अघि बढिरहेको छ। प्राधिकरणले आव २०७३-७५ र २०७४-७५ मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो।

Related Articles

Back to top button
Close