News

अब कहिले हुन्छ एसईई र ११, १२ को परीक्षा?

काठमाडौं – कोरोना महामारीका कारण विद्यालय शिक्षा परीक्षा तोकिएको एक दिनअघि स्थगित भयो। त्यसपछि लगातर लकडाउन भएपछि परीक्षा कहिले हुने भन्नेमा विद्यार्थी र अभिभावक अन्यौंलमै छन्। एकईईसँगै त्यसपछि नियमित हुने कक्षा ११ र १२ का परीक्षको पनि टुंगो छैन। यता राष्ट्रिय परीक्षा बोर्डले भने एसईई कक्षा १२ को परीक्षासँगै गर्न सकिने जनाएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ।एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिने उनले बताए। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रियाअघि बढाउने तयारी रहेको समेत उनले बताए।

कोरोना संक्रमीत युवतीलाई पोखराबाट बागलुङ लैजाने चालकको त्यो दिन…

बाग्लुङ्गका लागि पोखराबाट क्यु लाग्ने ठाउँमा २ महिला र १ पुरुष आएपछि जम्मा ७ यात्रुलाई लिएर स्र्कोपियो बाग्लुङ्गतर्फ हुँइकियो । ७ यात्रु बोकेको त्यही स्कार्पियोमा बेल्जियमबाट नेपाल आएकी एक युवती थिइन् जसमा अहिले कोरोना पोजिटिभ भएको पुष्टि भएको छ ।बाग्लुङ्गकी ती युवतीलाई कोरोनाको संक्रमण देखिएसंगै कसैले उनी आएको जहाजको खोजी गरे त कसैले उनको । रिपोर्टर्स सेभेनले उनलाई पोखराबाट बाग्लुङ्गसम्म पुर्याउने गाडीका चालकको र यात्रुका बारेमा खोजी ग¥यो । उनी कास्कीकै घाचोकका भएको सूचना पाएपछि उनको अवस्था बुभ्ने प्रयास गर्यो ।

ग १ च ६३५३ नं को स्र्कापियो गाडीले संक्रमित ती युवतीलाई बाग्लुङ्ग पुर्याएको पत्ता लाग्यो । गाडीका चालकलाई सम्पर्क गर्ने कोशिश माछापुच्छ्रे गाउँपालिका वडा नं ३ का वडाध्यक्षलाई सम्पर्क गर्यो । संयोगवश वडाध्यक्ष उनकै घरमा पुगेका रहेछन् । चालकसंगको कुराकानीमा उनले आफ्ना बारेमा सबै कुराहरु बताए । करिब ११:३० बजे बिहानको समयमा उनका गाडीमा संक्रमित भनिएकी युवती र १ जना काका पर्ने आएर बाग्लुङ्गको यात्रा तय गरे । गाडीमा ७ जना पुगेपछि हामी क्युबाट छुटेर बाग्लुङ्गका लागि अगाडि बढ्यौ । बिचमा उनी, उनको एकातर्फ उनकी आफ्न्त र अर्कातर्फ अन्य यात्रु रहेको चालकले बताए ।

Related Articles

Back to top button
Close