International News

यी हुन् अमेरिकामा ज्या’ न गुमाउने नेपालीहरु, हार्दिक श्रद्धाञ्जली !!

आज अमेरिकाको न्यूयोर्कमा ४ नेपालीको निधन भएको छ । आज ज्या न गुमाउनेमा अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका निमा टेम्बा शेर्पा, सोनाम लामा र थोक्मे बिष्टको कोरोना भाइरस संक्रमणका कारण र अजयमान छोंचुको अन्य कारणले असामयिक निधन भएको बताएको छ ।

कोरोनाका कारण यति धेरै नेपालीहरुको निधन भएको यो पहिलो हो घटना हो । मृ त क मध्ये सोनाम लामा र थोक्मे बिष्ट नेपाली नागरिकका रुपमा नै त्यहाँ रहेका थिए । निधन हुनेमा नेवा नखः न्युयोर्कको सल्लाहकार अजय छोँचु २२ वर्षदेखि अमेरिकामा रहदै आएका थिए ।

उनको उनको कोरोनाको उपचार गराउँदा गराउँदै एलमस्ट अस्पतालमा हृदयघातका कारण निधन भएको बताइएको छ ।त्यस्तै सोलुखुम्बु सोताग कुरिमा निवासी ङगिमा तेम्बा शेर्पाको पनि एलमस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

४० वर्षीय शेर्पा माउन्ट एभरेष्ट सम्बन्धी हलिउडमा निर्मित चलचित्रमा समेत अभियन गरेका थिए ।त्यस्तै क्विन्समा बस्ने मुस्ताङ लोमांगथाङ्ग का ५४ वर्षीय थोक्मे विष्टको पनि निधन भएको छ । अस्पतालका अनुसार उनको मुटु र फोक्सोमा समस्या देखिएको पनि जनजाति महांसघ अमेरिकाका सभामुख राजकुमार विष्टले सामाजिक संजालमा लेखेका छन् ।

Related Articles

Back to top button
Close