News

एसइई परीक्षा बैशाख ८ देखि हुने संभावना

काठमाण्डौ । लकडाउनका कारण स्थगित एसइई परीक्षा बैशाख ८ गतेबाट हुनसक्ने संभावना बढेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही मिडियाहरुसँगको कुराकानीमा यस्तो संकेत गरेका हुन् । उनले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने भन्दै यस्तो संभावनातर्फ संकेत गरेका छन् ।

बोर्डको पूर्व निर्धारित तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गतेदेखि हुनेछ । चैत ६ गतेदेखि एसएलसी हुने सबै तयारी पूरा भएको अवस्थामा १२ घण्टा अगाडि सरकारले कोरोना भाइरसको संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै एसईई परीक्षा अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

परीक्षा दिनका लागि तयारीमा बसेका करिब ५ लाख परीक्षार्थी एसइईको नयाँ परीक्षा तालिका पर्खिएर बसिरहेका छन् । बोर्डका अध्यक्ष पौडेलले एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो संचालन गर्न सकिने उल्लेख गर्दै भनेका छन्, ‘यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ।’
Via: Bizshala

Related Articles

Back to top button
Close