Corona (COVID-19) Updates

अमेरिकामा कोरोनाबाट एकैदिन ४ जना नेपालीको निधन

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण मृ`त्यु भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।शनिबार अरू चारजनाको निधन भएको हो ।

यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् ।सबै न्युयोर्कमा बस्दै आएका थिए । निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए ।

भारतमा मुम्बई बन्यो कोरोनाको केन्द्रविन्दु : ४ सय ३३ संक्रमित, ३० को निधन

भारतमा मुम्बई शहर कोरोनाभाइरस (कोभिड १९) महामारीको केन्द्रविन्दु बनेको छ । मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान गुमाइसकेका छन्

।द हिन्दुस्तान टाइम्सका अनुसार देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले निधन हुनेको संख्या ८३ पुगेको बताएको छ । यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन् । देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन् ।

Related Articles

Back to top button
Close