Corona (COVID-19) Updates

खुशीको खबर: फाइजरले ल्याएको ९५% सुरक्षा दिने कोरोना बिरु`द्धको खोप प्रयोगको तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई लिएर विश्वका लागि एकदम खुःशीको खबर आएको छ । फार्मास्यू`टिकल प्रमुख फाइजरले बुधबार अन्तिम विश्लेषण गर्दै कोभिड–१९ खोप ९५ प्रतिशत प्रभावकारी पाएको छ ।

कम्पनीले यो एक दिन भित्र आवश्यक अनुमोदनको लागि आवेदन दिने भएको छ । अनुमोदन पाउनासाथ उसले खोप विश्वभरी बेच्ने आधिकारीक निर्णय सुनाएको छ । अन्तिम विश्लेषण भन्दा केहि दिन अघि, औषधि कम्पनी फाइजरले यसको खोपको विश्लेषणले कोभिड–१९ लाई रोक्न ९० प्रतिशतसम्म प्रभावकारी हुन सक्ने देखाएको छ ।

यसले संकेत गर्छ कि खोप सम्बन्धी कम्पनीको परीक्षण राम्रो चलिरहेको छ । फाइजरलाई यस खोपका लागि अमेरिकी चुनिएका राष्ट्रपति जो बाइडेनलेबाटपनि बधाई पाए । यस अध्ययनमा अमेरिका र पाँच अन्य देशका करीव ४४,००० व्यक्तिहरू समावेश थिए ।

फाइजर र यसको जर्मन सहायक बायोनोटेक पनि कोभिड–१९ बाट बचाउन खोपहरू उत्पादन गर्ने दौडमा छन् । अर्को अमेरिकी कम्पनी मोडर्नाले पनि यो महिनाको नियामक फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनमा आवेदन दिने सम्भावना रहेको बताएका छन।

Learn to relax to normalize the blood pressure …. viagra online malaysia Buy viagra online singapore.

Related Articles

Back to top button
Close