International News

भारतले दुनियाँलाई नै तर्साया : अति शक्तिशाली मिसाइल छेक्ने सिस्टम तैनाथ

काठमाडौ । भारतले दुनियाँलाई नै तर्साएको छ । भर्खरै हावामा तेज गतिमा जाने मिसाइलको सफल परीक्षण गरेसँगै भारतमाथी शक्तिराष्ट्रहरुकोपनि ध्यान गएको छ । भारतले शुक्रवार क्विक रिएक्शन सरफेस टू एयर मिसाइल (QRSAM) एयर डिफेन्स सिस्टमको सफल परीक्षण गरेको हो ।

वायु रक्षा मिसाइल प्रणाली नाम दिइएको यो मिसाइल परीक्षण बालासोर उड़ान परीक्षण रेन्ज बाट गरिएको थियो । मिसाइलले परीक्षणका क्रममा सिधा आफ्नो लक्ष्यमा प्रभाव देखायो ।

QRSAM, एक कम्प्याक्ट हतियार प्रणाली हो । जसमा दुई चार ठूला प्वालवाला राडार राखिएको छ । जसमा लन्चरको अलावा, सक्रिय ब्याट्री, निगरानी रडार र बहुक्रिया रडार, अर्थात् ३६० डिग्री नै कभरेज गर्ने क्षमता समावेश गरिएको छ ।

डीआरडीओका अनुसार, मिसाइल प्रणालीको हवाई हमलाबाट गर्नसक्ने क्षतिलाई शुन्य बनाउन प्रयोग गरिन्छ । जति सुकै शक्तिशाली हमला भएपनि त्यसले निस्तेज गरिदिन्छ । यो सम्पूर्ण देशको रक्षाका लागि बनाइएको प्रणाली हो । अब यो कदमले पूर्ण वायु रक्षा प्रदान गर्न सकिने भारतले जनाएको छ ।

पछिल्लो हप्ता पिनाका मल्टी ब्यारल रकेट सिस्टम (एमआरएलएस) को अत्यन्तै शक्तिशाली संस्करणपनि भारतले सफलतापूर्वक उडान परीक्षण गरेको थियो । DRDO द्वारा स्वदेशी रूपमा विकसित मार्गदर्शन सदुपयोग भएको पिनाकाको साथ–साथ सम्वर्धित पिनाका ६० देखि ९० किलोमीटरकाबीच सीमा कभर गर्नेगरी यो सिस्टम बनाइएको छ । अहिले यो सिस्टम भारतीय सेनाद्वारा तैनाथ भइसकेको छ ।

भगवान शिवको धनुषको नाम पिनाकाबाट यो सिस्टमको नामपनि पिनाका राखिएको छ । पहिलो पटक १९८१ मा भारतीय सेनाको एक लामो दूरीको तोपखाना प्रणालीको विकास भएको थियो । त्यही आवश्यकताको जवाफमा यो अवधारणा सिस्टम बनेको भारतको दावी छ । शत्रुबाट कुनै बाधाको सामान गर्नुभन्दा पहिला पुरा गरौँ भन्ने नाराका साथ यो प्रणालीको विकास १९८६ मा २६ दशमलव ४७ करोड रुपैयाँ बजेटबाट सुरु गरिएको थियो ।

यो भन्दा पहिला अक्टूबरमा डिफेन्स रिसर्च एण्ड डेवलपमेण्ट अर्गनाइजेशन ९म्च्म्इ० ले ओडिशा तटबाट टाढा आफ्नै स्टैण्ड–अफ एण्टी टैंक मिसाइलको परीक्षण गरेको थियो । यो लगभग ४५ दिनको १२ वं मिसाइल परीक्षण थियो ।

मिसाइल परीक्षणको नवीनतम श्रृंखला जून महिनाको मध्यमा लद्दाखको पूर्वी लद्दाख घाटीमा भारतीय सेना र पीएलए सैनिकबीच कडा संघर्ष भएको थियो । यो सबै शक्ति चीनसँगको विवादको पृष्ठभूमिमाथीको खिलापमा आउँछ भन्दै भारतका मिडियाले लेखिरहेका छन् ।

Related Articles

Back to top button
Close