सुर्यबिनायक वडा नं २ ले आज राहत कार्ड बाँड्यो !
लक डाउन को मार ले बिपत मा परेका सुर्यबिनायक नगरपालिका वार्ड २ का मजदुर बर्ग लाई राहत बाड्न का लागि जन प्रतिनिधि र नगरपालिका का कर्मचारी साथी मिलेर घर घर पुगी पहिलो चरण् मा नाम सन्कल्न गरी राहत कार्ड बितरण गर्ने काम भयो ।
कोरोना भाइरस कोभिड १९ को प्रकोपका कारण लकडाउन भैरहेको अवस्थामा समस्यामा परेका दैनिक ज्याला गरेर गुजारा चलाउनु पर्ने स्थितिका बिपन्न बर्गका वडाबासीहरू(स्थानिय तथा डेरा गरि अस्थायी बसोबास गर्नेहरू)को लागि सुर्यबिनायक वडा नं २ का वडा अध्यक्ष लगायत बिपद ब्यवस्थापनका महानुभावज्युहरु लगायत वडा नं २ बिपद ब्यवस्थापन समितिका सम्पुर्ण पदाधिकारीहरुले वडा नं २ मा रहेका दैनिक ज्याला गरेर गुजारा चलाउनु पर्ने स्थितिका बिपन्न बर्गका वडाबासीहरू(स्थानिय तथा डेरा गरि अस्थायी बसोबास गर्नेहरू) उहाँहरुको वास्तविक स्थिति बुझि सबैजनासँग सल्लाह गरि आज समितिका ब्यक्तिहरूले घर घर पुगी पहिलो चरण् मा नाम सन्कल्न गरी राहत कार्ड बितरण गर्ने काम भयो ।