International News

सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस

काठमाडौ । इतिहासमा दुईपटक मात्र कुनै एक देशले अर्को देशमा मिसायल छोडेको छ । दोस्रो विश्वलडाईँको अन्त्यतिर अमेरिकाले जापानमा दुईवटा मिसायल छोडेको थियो । त्यसपछि पनि मिसायल छोड्ने चेतवानी विभिन्न राष्ट्रले पटकपटक दिएको भए पनि छोडेको चाहिँ छैन ।

तर अमेरिकाको गुप्तचर संस्था सीआईएले गरेको खुलासा अनुसार, रुसले चीनमाथि मिसायल छोड्न लागेको थियो । रुसी क्षेप्यास्त्रहरू चीनतर्फ मोडिएका थिए र १६ मिनेटमा मिसायल चीनमा खस्न लागेको थियो । तर अन्तिम अवस्थामा यसलाई रोकिएको थियो ।

शीतलडाईँकालको घट`ना हो यो । यतिखेर आएर अमेरिकाले यसको खुलासा गर्नु भनेको रुस र चीनबीच बनिरहेको घनीभूत सम्बन्धलाई कमजोर बनाउन सकिन्छ कि भन्ने हो ।

शीतलडाईको समयमा रुस र चीनको सीमाविवाद चर्किएको थियो । त्यसैबीचमा चीनले प्रोजेक्ट ५९६ अन्तर्गत मिसायल परीक्षण गरेको थियो । दुई देशबीचको तनाव चर्किएको बेलामा चीनले सीमामा खटिएका रुसी सैनिकहरूमाथि केन्द्रीत गरेका थिए । त्यसपछि रिसाएको रुसले स्ट्राटेजिक मिसाइल फोर्सलाई उच्च सतर्कतामा राखेको थियो ।

त्यतिखेर रुसका आणविक क्षेप्यास्त्रहरू १५ सय किलोमिटरको दूरीबाट १५ मिनेटभित्र छोड्नका लागि ठिक्क पारिएका थिए । तर रुसले परम्परागत लडाईकै विकल्प छान्दै चिनियाँ सैनिकमाथि दवाव बनाएर नै आच्छुआच्छु बनायो र चीनका कैयौं सैनिकको मृत्यु भयो । त्यसपछि चीनपछि हट्यो । रुसबाट भएको त्यो घटनापछि चीनले अमेरिकासँग मित्रता गाँसेको थियो ।

Related Articles

Back to top button
Close