Employement Opprotunity

नेपाल प्रहरीमा यति धेरै जनाको लागि जागिर खुल्यो । (हेर्नुहोस सुचना सहित)

नेपाल प्रहरीले ३ सय ६० जनशक्ति माग गर्दै नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले विज्ञापन खुलाएको हो।विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडी गरी ३ सय ६० जनशक्ति माग गरेको हो।

१८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।कार्यालयका अनुशार ९ जना माली/बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ÷बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि माग गरिएको छ ।

खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला/पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close