Lockdown News

आज एकैदिन ह्वात्तै सङ्क्रमित थपिएपछि फेरि लकडाउन हुने

पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन (बन्दाबन्दी) जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मङ्सिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन् । प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close