Educational News

देशैभर छरिएर रहेका सम्पूर्ण विद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै खुसिको खबर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन ।

त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड-१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् ।

सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close