Lockdown News

अन्ततः कात्तिक २८ गतेसम्म सबै बन्द गर्ने निर्णय !

उदयपुर । त्रियुगा नगरपालिका नौ दिनका लागि बन्द गरिएको छ ।

एकैपटक ८ जना कर्मचारीमा कोरोना संक्रमण भएपछि बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा शाखा प्रमुखसहित प्राविधिक र अन्य कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि कात्तिक २८ गतेसम्मका लागि सेवा बन्द गराएको हो ।

नगरपालिकको कार्यालय र मातहतका शाखाबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) बाहेक दैनिक सञ्चालन हुने सेवा बन्द गरिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजीत राईले सूचना जारी गर्दै संक्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको उल्लेख गरेका छन् ।

Related Articles

Back to top button
Close