News

बिहे गर्दैछिन् स्वेता खड्का ?

अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगत निकै तातेको छ ।केही दिनयता स्वेताको बिहेबारे खबर गसिपका रूपमा चर्चामा आएको हो । अहिले यो विषयले थप प्राथमिकता पाउँदै गएको छ ।

यस विषयले चलचित्र उद्योग तरंगित बनेको छ ।दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर एकाएक भाइरल हुन पुगेको हो ।दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ?**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लोकान्तरलाई प्राप्त उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिना विजयेन्द्रकी आमा हुन् ।उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् ? यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । बुझिएअनुसार विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close