News

चोर बाटो हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरु खुलेयाम हिँडडुल गर्दै

सर्लाही – नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् ।मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरू बढेका हुन् ।भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरू सर्लाही र महोत्तरीको सीमामा पर्ने हर्दी खोला हुँदै नेपाल प्रवेश गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् । यस्तै केही मानिस सीमा क्षेत्रको उखु र गहुँ खेतबाट जिल्ला प्रवेश गरिरहेका पाइएको छ ।

कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकिछिपी गाउँ आइरहेकाले गर्दा जोखिम बढेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका युवा सतेन्द्र यादवले जानकारी दिए । उनका अनुसार त्यसरी लुकिछिपी आएकाहरू क्वारेन्टाइनमा नबसेर खुलेयाम हिँडडुल गरिरहेका छन् ।

बिरामीका लागि घरघरमै औषधि पुर्‍याउँदै क्लब
भीमदत्तनगर– ‘लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पुर्‍याउने भएको छ ।सो क्लबका प्रथम उपाध्यक्ष सुनिल थापा मानसिक रोगी, मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवन गर्नेले औषधि माग गरेबमोजिम घरमै पुर्‍याउँदै आएको बताए ।

‘अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाइ यो व्यवस्था मिलाएका हौँ,’ थापाले भने, ‘हामीले सामाजिक सञ्जालमा सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ ।’क्लबले भीमदत्तनगरको महाकाली अस्पताललाई पाच थान पिपिइ र स्यानिटाइजर उपलब्ध गराएको छ । बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुगोस् भनेर क्लबले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाइएको छ ।

Related Articles

Back to top button
Close