News

सरकारको बेइज्जत भएको भन्दै काठमाडौ‌ं महानगरले रोक्यो नि:शुल्क खाना अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलाम ञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइ`ज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलाम ञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहाय लाई खान वितरण गर्दै आएका थिए ।तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो ।

पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो । महान गरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको छ ।

महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगर पालिकाको तर्क छ ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।

Related Articles

Back to top button
Close