NewsVideos

काठमाडौंमा मन्दिर भित्र २४ वर्षीय आशिषको ह’ त्या, काम गर्न निस्केका एक मात्र छोराको यस्तो अवस्था देखेर आमा वे’हो’स् (भिडियो हेर्नुस्)

काठमाडौ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छु(रा प्र ‘हा’रबाट एक व्यक्तिको निधन भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको निधन भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि प्र हार गर्दा ग म्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मजदुरी गरेर जिवन चलाउँदै आएका उनी बेलुका खाना पनि नखाई विहान ९ वजे हिडेका थिए । मैले तातो पानी पकाएको थिए, त्यो पानी त खाएर जाउ भन्दा पनि त्यसै हिडेको हो । पानी चिया पनि खान्न पानी पनि खान्न भन्दै हिडेको हो ।

आमाले बिलौना गर्दै भनिन् अलि छिटै रिसाउने बानी छ मेरो छोराको । सन्तानको नाममा एउटा छोरा र एउटी छोरी मात्र हुन् । जवान अवस्थाको छोराको यस्तो अवस्था बनाएपछि आमा र बुवाको अहिले बेहाल भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मलाई कसैसंग विवाद भएको पनि थाहा छैन । काम गर्न भनेर गएको मेरो छोरा यो संसारमा छैन भन्ने सुन्दा मलाई सपना जस्तो भएको छ । आउँछ की जस्तो लागेको छ । धापासी मन्दिर सम्म कसरी आयो भन्ने मलाई थाहा छैन ।

घटनाको सम्बन्धमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोलीले अनुसन्धान अघि बढाएको छ। काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीका अनुसार आशिषका साथीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ‘हामीले अहिले जम्मा ६ जनालाई नियन्त्रणमा लिएका छौं। जम्मा दुई पक्षका आठ जना थिए,’ उनले भने, ‘अब घटना घटाउने मध्यका दुई जना पक्राउ पर्न बाँकी छन्। पहिचान भइसकेको छ।’

आशिष मगर पेन्टिङको काम गर्थे। उनी टोखास्थित आफ्नो घरमा परिवारसँगै बस्थे। एसएसपी ज्ञवालीका अनुसार घटना भएको ठाउँमा प्रहरी खासै पुग्दैन थियो।

‘केही दिनअघि उनीहरूबीच केटीको विषयमा झ ‘गडा भएको रहेछ। उनीहरू सबै ‘त्यसै विषयमा उनीहरूबीच सानोतिनो झ ‘ग’डा हुँदै आज बोलाएरै झ’गडा भएको हो। ‘यो घटना योजनाबद्ध नै भएको जस्तो देखिएको छ,’ उनले भने। प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार छन्। उनीहरुको खोजी भइरहेको छ।

Related Articles

Back to top button
Close