Corona (COVID-19) Updates

डब्ल्यूएचओको अर्को नयाँ डरलाग्दो चेतावनीले विश्वभर त्रा’स, गरियो यस्तो अपिल

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अर्को कडा चेतावनी दिएको छ । जसका कारण विश्वभर नै तरंग पैदा गरिदिएको छ । कोरोना भाइरसको महामा`रीले अबका केही महिना अत्यन्तै कठिन हुने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरस विरु`द्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने पनि बताए। अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्युएचओले जनाएको छ ।

कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान पनि उनले विश्वभरका सरकारलाई अपिल गरेका छन् । सङ्क्र`मण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने डब्ल्युएचको दृ`ढता छ।यद्यपि भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सर`कारहरू तयार हुनुपर्ने उनले बताए । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो।

महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका छन् । उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित रहेको छ ।अमेरिकी चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामा`री नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए। अमेरिकाले ‘महामा`री नियन्त्रण गर्ने नभइ’ खोप बनाउने र चिकि`त्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्ने बताएका थिए ।

कोरोना भाइरसको महामा`रीका कारण मंगलबार सम्म ४ करोड ३७ लाखभन्दा बढी संक्रमित भएका छन् । यस्तै ११ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको महामा`री अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृ`त्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना सं`क्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ३४ औँ स्थानमा रहेको छ ।नेपालमा हालसम्म ८४७ जनाको मृ`त्यु भएको छ भने १ लाख ५८ हजार ८९ जनालाई संक्र`मण भएको छ । त्यस्तै १ लाख ११ हजार ६७० जना संक्रमण मुक्त भएका छन् भने ४५ हजार ५७२ जना उपचाररत छन् ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४ हजार ७३९ जनामा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३३ लाख २३ हजार ४५३ पुगेको छ । त्यसमध्ये ७७ हजार ७४८ जनाको अवस्था गम्भीर छ ।यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ७९७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १९ लाख नाघेको छ । यस्तै एकै दिन थप ४ हजार ४९८ जनाको मृ`त्यु भएको छ । यो सँगै कोरोना संक्रमणले विश्वभर मृ`त्यु हुनेको संख्या ११ लाख ५९ हजार ९ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ९४ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।कोरोना भाइरसकै संक्रमण बाट युरोपियन मुलुकहरूमा २ लाख ५० हजार ४३३ जनाको मृ`त्यु भएको छ । ८३ लाख ९५ हजार ५३६ जना संक्रमित भएकोमा ३४ लाख ५६ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।अमेरिकामा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६० हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्र`मित संख्या ८८ लाख ८९ हजार १७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ७२ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका २८ लाख ८६ हजार १७१ जनामध्ये १६ हजार ३७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृ`त्यु हुनेको संख्या २ लाख ३० हजार नाघेको छ । तथ्याङ्क अद्या`वधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार थप ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्या`न गु`माउनेको संख्या २ लाख ३० हजार ५१० पुगेको छ ।

Related Articles

Back to top button
Close