News

र्‍यापर भिटेनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौ । भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङ संधै विवादमा आइरहने नाम हो । उनले सार्वजनिक गरेका धेरै म्युजिक भिडियो वि वादित बनेका छन् । उनै वि वादित भिटेनलाई फेरी प्रहरीले कारवाही गर्ने भएको छ ।

यस अघि प्रहरीसंग गरेको सहमति विपरित उनले गीतमा अपशब्द प्रयोग गरेका कारण कारवाही गर्ने भएको हो । भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र समेत लेखिएको छ ।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको एउटा भिडिओमा अ’पशब्द प्रयोग गरिएको छ । गीतमा प्रयोग भएका शब्द समाजमा सर्वसाधारणले समेत सुन्न नसक्ने खालका छन् । त्यस्तो शब्द प्रयोग भएका कारण कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले पुष्टि गरेका छन् ।

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा राखेको नयाँ भिडिओ वि वादित बनेको हो । सो भिडियोमा प्रयोग भएका शब्द अपाच्य हुने खालको भएको प्रहरी निष्कर्ष छ ।

यसअघि पनि भिटेनलाई प्रहरीले यस्तै कारणले पक्राउ गरेको थियो । गीतमा अपाच्य शब्द राखेका कारण पक्राउ गरिएका भिटेनले आगामी दिनमा यस्तो गल्ती नगर्ने प्रतिवद्धता प्रहरी सामु गरेका थिए ।

उनले यस्तो प्रतिवद्धता गरेका कारण प्रहरीले कारवाही नगरी उनलाई रिहा गरेको थियो । केही दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ ।

Related Articles

Back to top button
Close