News

सोचेको भन्दा धेरे मात्रामा छ्याप छ्याप्ती भेटिन थाले नक्कली नोट।सावधान अपनाएर यसरी चिन्नुहोस नक्कली नोट।सेयर गरौ

चितवन । नेपालमा पनि नक्कली नोटको बिगबिगी बढेको छ । दुर्गम बजार सम्म पनि न`क्कली नोट पुगेको देखिन्छ ।१ हजार दरको ३ लाख १९ हजार रुपैयाँ न’क्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई प्रहरीले पक्रा`उ गरेपछि प्रहरी नै झस्किएको छ ।

चितवन राप्ती नगरपालिका–५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानबाट लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा लोप्चनको घरको मकैको कोन्युमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई प`क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता स्याङ`जाको चापाकोट नगरपालिका–१ खोले गाउँ स्थित जंग`लमा लुकाई राखेको ३०६.३४ क्यु फिट बराबरको २ सय १८ थान सालको काठ प्रहरीले बरा`मद गरेको छ ।उक्त स्थानमा सालको काठ लु`काई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरीले उक्त काठ फेला पारी बरा`मद गरेको हो ।

Related Articles

Back to top button
Close